तस्करी भन्दा अगावै 66 वटा भैँसी उद्धार, 4 वटा लरी जफत

बाघडुग्रा (निसं): बाघडुग्रा रंगापानीको तारबन्धा इलाकाबाट तस्करी गर्न अगावै पुलिसले 66 वटा भैंसी उद्धार गरेको छ। पुलिस सूत्र अनुसार बाघडुग्रा रंगापानीको तारबन्धा इलाकामा अभियान चलाएर 4  वटा लरी जफत गरेको छ भने छानबिन अवधि ती लरीहरूबाट मोठ 66 वटा भैसी उद्धार गरेको छ। तथापि उक्त घटनामा कसैलाई पनि पुलिसले पक्राउ नगरेको बताइएको छ। तस्करहरूले ती भैंसीहरू उत्तर प्रदेशबाट ल्याएर असम हुँदै बङ्ग्लादेश पुऱ्याउने योजना रहेको थियो। बाघडुग्रा पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *