तस्करी अगावै 25 वटा गाई जफत, एकजना तस्कर पक्राउ

फाँसीदेवा,18 अक्टोबर (निसं): गाई-गोरूहरू लिएर गइरहेको एउटा लरी सहित एकजना तस्करलाई पनि पक्राउ गरेको छ। यो घटना फाँसीदेवा मुरलीगछको हो। प्राप्त जानकारी अनुसार आज बिहान मुरलीगछमा नाका चेकिङ अवधि एउटा लरीलाई रोक्ने प्रयास गरिँदा पुलिसलाई देखेपछि चालक लरी लिएर भाग्ने प्रयास गऱ्यो। तर पछि लरीलाई पुलिसले जफत गऱ्यो, जसमा 25 वटा गाई थियो। गाईहरूको कुनै वैध कागज नभएकोल् गर्दा चालकलाई पक्राउ गऱ्यो। आरोपीको नाम मोहम्मद खबीन हुसैन हो। तिनी उत्तर दिनाजपुर निवासी हुन्। पुलिस सूत्र अनुसार ती गाईहरूको तस्करी बिहारबाट बङ्गलादेशमा गरिने योजना रहेको थियो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *