तस्करी गर्न अगावै 26 वटा गाई-गोरू उद्धार, चालक पक्राउ

सिलगढी (निसं): एनजेपी थाना पुलिसले तस्करी गर्न अगावै 26 वटा गाई-गोरूसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आइतबार राति पुलिसले सिलगढी संलग्न फूलबारी बाईपास टोल गेट इलाकामा छानबिन गर्दा एउटा कन्टेनरबाट ती गाई-गोरूहरू उद्धार गरेको जान्नमा आएको छ। घटनामा कन्टेनरको चालक निजामुद्दीनलाई पक्राउ गरेको छ। तिनी बिहार निवासी हुन्।


पुलिस सूत्र अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर कन्टेनरबाट 26 वटा गाई-गोरू उद्धार गर्नको साथै चालकलाई पक्राउ गरेको हो। ती गाई-गोरू घोषपुकुरबाट जलपाईगढी लगिरहेको थियो। पक्रा परेका आरोपीलाई आज जलपाईगढी जिल्ला अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş