तस्करी गर्न अगावै 20 वटा गाई-गोरूसहित चालक पक्राउ

विधाननगर (निसं): विधाननगर जाँच केन्द्रको पुलिसले तस्करी गर्न अगावै 20 वटा गाई सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।  आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। घटनाक्रम अनुसार शनिवार अबेर राति फाँसीदेवाको विधाननगर मुरलीगञ्जमा जाँच अवधि एउटा लरीबाट 20 वटा गाई-गोरू जफत गरेको छ। चालकलाई वैध कागज-पत्र मागे तापनि तिनले कुनै सम्बन्धित कागज देखाउन नसकेपछि लरी चालकलाई पक्राउ गरेको बताइको छ।  आरोपीको नाम अमनूर हक हो। तिनी असमको गौरीपुर निवासी हुन्। पुलिस सूत्र अनुसार बिहारबाट असममा गाई-गोरू तस्करी गर्ने योजना रहेको थियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibomCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibom