सिलगढी : बङ्ग्लादेश तस्करी गर्न अगावै एनजेपी थाना पुलिसले 19 वटा भैँसी उद्धार गर्नको साथै एकजना चालकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मोहम्मद हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति एउटा 14 चक्के लरी बिहारबाट 19 वटा भैँसी बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारीमा अभियान चलाएर एउटा लरीलाई रोकेर छानबीन गर्दा 19 वटा भैँसी उद्धार भएको छ। घटनामा लरी चालकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका व्यक्ति धेरै दिन अघि यस प्रकारको कार्यमा संलग्न रहेको छ।
