सिलगढी : तस्करी गर्न अगावै पुलिसले 26 वटा भैँसी सहित एकजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति उत्तरप्रदेशको आजादनगर निवासी 28 वर्षीय दिलसादको रूपमा चिन्हित गरिएको छ।

प्राप्त जानकारीअनुसार विधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढी महकुमाको फाँसीदेवा ब्लकको मुरालीगञ्ज चेकपोस्टमा अभियान चलाएर एउटा कनटेनरलाई रोकेर छानबीन गर्दा 26 वटा भैँसी उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको उक्त भैँसी उत्तर दिनाजपुर जिल्लाको पाञ्जीपाडाबाट असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।
