सिलगढी : तस्करी गर्न अगावै 36 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा अब्दुर रहिम र साकी अनवर सामेल छन्। प्राप्त जानकारी अनुसार बिहारबाट 2 वटा लरीमा 36 वटा भैँसी असम तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारी टोल प्लाजा इलाकामा अभियान चलाएर लरीलाई रोकेर छानबीन गर्दा 36 वटा भैँसी उद्धार गर्नको साथै 2 जना लरी चालकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुईजना व्यक्ति धेरै दिन अघिदेखि तस्करीको कार्यमा संलग्न रहेको छ।
