तस्करी गर्न अगावै 49 वटा भैँसी उद्धार, 3 जना पक्राउ

फाँसीदेवा : तस्करी गर्न अगावै 49 वटा भैँसी सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मनतोष कुमार राय, पप्पु एमडी, विप्लव सरकार सामेल छन्। प्राप्त जानकारी अनुसार विधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा फाँसीदेवा ब्लकको मुरालीगञ्ज चेकपोस्टमा अभियान चलाएर एउटा ट्रक र 2 वटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 49 वटा भैँसी उद्धार गरेको बताइएको छ। घटनामा 3 जना चालकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ट्रकबाट 33 वटा भैँसी अनि 2 वटा पिकअप भ्यानबाट 16 वटा गरेर मोठ 49 वटा भैँसी उद्धार गरेको छ। उद्धार गरेको भैँसी उत्तर दिनाजपुरबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *