तस्करी गर्न अगावै गाई-गोरू उद्धार

नक्सलबारी : तस्करी गर्न अगावै एसएसबीका जवानले 7 वटा गाई-गोरू उद्धार गरेको छ। नक्सलबारीको भारत-नेपाल सिमानाको मनिराम ग्राम पञ्चायत अन्तर्गत लालजी जोतमा तस्करहरूले एसएसबी-का जवानहरूलाई देखेपछि गाई-गोरू छोडेर नेपालतर्फ भागेको बताइएको छ। एसएसबीले उद्धार गरेको गाई-गोरू नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्मरण रहोस्, गत केही दिन अघि बाघडुग्रा तथा विधाननगरबाट मोठ 145 वटा भैँसी उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *