तस्करी गर्न अगावै नक्सलबारीबाट हात्तीको दाँत उद्धार, 5 जना पक्राउ

नक्सलबारी : तस्करी गर्न अगावै हात्तीको दाँत सहित 5 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा तपन थापा, रिवस प्रधान, प्रभु मुन्डा, श्रीयान खेरिया र धरम दास लोहार सामेल छन्। गोप्य सूचनाको आधारमा एसएसबी 41 औँ बटालियन, टुकरियाझार वन विभाग र वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोले हिजो नक्सलबारी बस स्ट्यान्ड संलग्न इलाकामा संयुक्त अभियान चलाएर 5 जनालाई पक्राउ गरेर छानबीन गर्दा 945 ग्राम ओजन भएको एउटा हात्तीको दाँत उद्धार गरेको बताइएको छ। उद्धार गरेको उक्त हात्तीको दाँत भुटानबाट नक्सलबारीमा तस्करी गर्ने उद्देश्यले ल्याएको थियो। पक्रा परेका 5 जनामध्ये एकजना बीएसएफ र अन्य एकजना आईआरबीमा कार्यरत रहेको बताइएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO