टाउकोमा बीजेपी लेखेर चुनाउ प्रचारमा व्यस्त छन् राजगञ्जका भाजपा समर्थक

राजगञ्ज : राज्यमा भोलि शनिबार पञ्चायत चुनाउ सम्पन्न हुने भएकोले गर्दा भाजपा समर्थकहरूले आ-आफ्नै प्रकारले पार्टीको प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरिरहेको देखिन्छ। यसै क्रममा राजगञ्जको आमबारी निवासी उत्तम दास नाम गरेका एकजना भाजपा समर्थकले आफ्नो टाउकोको केश काटेर सुन्दर अक्षरमा बीजेपी लेखेर हिँडिरहेका छन्। यसको साथै तिनले आफ्नो कपाल गेरूवा रङ्गमा रङ्गाएका छन्। तिनले आफैलाई भाजपा समर्पित कार्यकर्ता बताएका छन्। उत्तम दासले बताएअनुसार भारतीय जनता पार्टीलाई म धेरै माया गर्छु। यसैले गर्दा मैले स्वेच्छाले आफ्नो टाउकोमा बीजेपी लेखेको हुँ। पञ्चायत चुनाउ सम्पन्न हुन अब केवल एक दिन बाँकी छ। अन्य मानिसहरू पनि मबाट प्रेरित हुनेछ भन्ने मलाई विश्वास छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *