टिस्टा नदीको पानी घर सडकसम्म आइपुगेपछि टिस्टाका वासिन्दाहरू आतङ्कित, दार्जीलिङ जाने सडकमार्ग अवरूद्ध

टिस्टा (निसं): टिस्टा नदीमा पानीको जलस्तर बढेपछि नदीको तट इलाकामा बसोवासो गर्ने मानिसहरूलाई निक्कै खतरा उत्पन्न भएको छ। आज बिहानदेखि टिस्टा नदी खतरादेखि माथि बगिरहेको छ। सिक्किमको उत्तरी क्षेत्रमा केही दिनदेखि लगातार परिरहेको पानीको कारणले टिस्टा नदीमा पानीको जलस्तर लगातार बढिरहेको छ। बिहानदेखि नै टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टा क्षेत्रमा रहेका घरहरूलाई निक्कै खतरा उत्पन्न भएको छ। टिस्टा नदी उर्लेर आएपछि टिस्टा बजारमा रहेका घरहरूलाई पानीले छोएको छ भने टिस्टा नदी मुल सड़कभरि बगिरहेको छ। टिस्टा नदी उर्लेर आएपछि टिस्टावासी रातभरि नसुतेको यहाँका मानिसहरूले बताएका छन्। टिस्टा नदीको पानी टिस्टा बजार क्षेत्रमा सड़कभरि बग्न थालेपछि दार्जीलिङ जाने रोड पूर्ण रूपमा बन्द भएको छ भने टिस्टा नदीको पुलमा पानी निक्कै माथिसम्म आइसकेको छ। टिस्टा नदी टिस्टा बजारको सड़कभरि बगेको र बजारको कतिपय घरहरू पनि छोएर बगिरहेको छ। टिस्टा नदीले टिस्टा बजारमा सड़कमा राखेको एउटा गाडी बगाएको साथै एउटा पिक अप गाड़ीमाथिबाट पानी बगिरहेको र पिक अप गाड़ीलाई नदीले बगाउँछ भनेर डोरीले बिल्डिङसित बाँधेर राखिएको दृश्यहरू पनि देखिएको छ। यसको साथै सड़कभरि पानी बगिरहेको कारणले सड़कको माथितिर रहेको घरहरूलाई पनि निक्कै खतरा उत्पन्न भएको छ।


टिस्टा नदीमा पानीको जलस्तर निक्कै माथिसम्म पुगेपछि टिस्टा नदीमा बनाइएको प्रोटेक्शन वाललाई छोपेर वालमाथिबाट पानी बगिरहेको स्थानीयहरूले बताएका छन्। यसको साथै टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टा क्षेत्रमा खतरा उत्पन्न भएपछि टिस्टा रंगीत रेस्क्यु टीमद्वारा उद्धार कार्य चलिरहेको जानकारी प्राप्त भएको छ। वर्खा नलागी नै टिस्टा नदीमा पानीको जलस्तर यसरा धेरै बढेपछि टिस्टावासीलाई धेरै खतरा उत्पन्न भएको स्थानीय भुक्तभोगी मानिसहरूले दुखेसो पोखेका छन्।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO