टिस्टा नदीले बगाएर ल्याएको मोर्टर शेल उठाएर घर लैजाने क्रममा विस्फोट हुँदा एकजना व्यक्तिको मृत्यु

जलपाईगढी (निसं): टिस्टा नदीको बाढले केही घर तथा वाहनहरू बगाएर लगेको छ। टिस्टा नदीले बगाएर ल्याएको मोर्टर शेल उठाएर घर लैजाने क्रममा विस्फोट हुँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने घटनामा केही मानिसहरू घाइते भएका छन्। मृतक व्यक्तिको नाम साहिनुर आलम बताइएको छ। उक्त घटना हिजो साँझ जलपाईगढी जिल्लाको क्रान्ति ब्लक अन्तर्गत चपाडाङ्गा ग्राम पञ्चायतको चतरापाडा इलाकामा घटेको हो। मोर्टर शेल टिस्टा नदीमा बगेर आएको थियो। मोर्टर शेलभित्र के छ भनेर हेर्नको लागि उठाउँदा उक्त मोर्टर शेल विस्फोट हुँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य केही घाइते भएको बताइएको छ। स्मरण रहोस्, उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर व्यापक क्षय-क्षति भएको थियो। टिस्टा नदीको बाढले फर्निचर, ग्यास सिलेन्डर, मोर्टर शेल रुखको हाँगा-बिगा लगायत अन्य केही समानहरू बगाएर समतलमा ल्याएको छ। टिस्टा नदीको तटबाट समतलका केही मानिसहरूले रुखको हाँगाको सहयोगमा ग्यास सिलेन्डर, मोर्टर शेल एकत्रित गरेर आ-आफ्ना घर लगिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO