टिस्टा: टिस्टा त्रिवेणी अस्पतालमा कार्यरत् कर्मचारीहरू अनिश्चित भविष्यको कारण चिन्तित बनेर ओर्लिए सडकमा। आजदेखि तिनीहरू त्रिवेणी अस्पतालको मुल गेट अघिल्तिर बसेर शुरू गरे धरना। धरनामा बसेका कर्मचारीहरूको भनाई अनुसार कोरोना संक्रमणकालमा आफुहरूले ज्यानको पर्वाह नगरी लगातार काम गरे तर अहिले आएर तिनीहरूको भविष्यसँग खेलवाड गर्ने काम नहोस्। तिनीहरूको आवाजलाई सम्बन्धित विभाग तथा पदाधिकारीहरूले नसुने आमरण अनशन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन्।

स्मरण रहोस, टिस्टा त्रिवेणी कोभिड अस्पतालमा कार्यरत् कर्मचारीहरूलाई अर्को महीनादेखि वेतन नदिने अर्डर आएपछि अस्पतालमा कार्यरत 40 जना कर्मचारीहरू अनिश्चित भविष्यलाई लिएर आजदेखि धरनामा बसेका छन्। अस्पताल नै बन्द भएपछि आफुहरू कहाँ जानु भन्दै अस्पताललाई लगातार सञ्चालनमा राख्नु पर्ने तथा कर्मचारीहरूले काम गर्न पाउनुको साथै वेतन पनि पाउनुपर्छ भन्ने माग गरेका छन्।
