टिस्टा त्रिवेणीमा रहेको क्याम्पिङ एडभेन्चरका टेन्टहरू लगायत लामाहट्टाको पार्क बन्द

टिस्टा : बढ्दो कोरोना भाइरसको मामिलालाई ध्यानमा राखेर राज्य सरकारले हिजोदेखि नयाँ दिशा निर्देश जारी गरेपछि यता रङ्गली-रङ्गलियट ब्लक अन्तर्गत पर्ने मिनी गोवा नामले चिनिने चर्चित पर्यटन स्थल टिस्टा त्रिवेणीमा रहेको क्याम्पिङ एडभेन्चरका टेन्टहरू पनि प्रभावित बन्न पुगेको छ। सरकारको निर्देशलाई ध्यानमा राखेर ती टेन्टका मालिकहरूले अघिल्लो निर्देश नआएसम्म टेन्ट नराखिने निर्णय लिएका छन्। उक्त टिस्टा त्रिवेणीमा क्याम्पिङ एडभेन्चर टेन्ट खुबै लोकप्रिय बनेपछि यहाँ धेरै संख्यामा दिनहुँ पर्यटकहरूको आगमन हुने गर्दछ।


यसैगरी, अर्कोतिर, यसै खण्ड अन्तर्गत पर्ने दार्जिलिङको एक प्रमुख पर्यटन स्थल मानिने लामाहट्टा भिजेल इको टुरिज्म पार्कमा पनि घुम्न आउने पर्यटकहरूलाई पस्न निषेध गरिएको छ। लामाहट्टा भिलेज इको टुरिज्म पार्कको मुख्य प्रवेश द्वारमा नै एउटा सूचना टाँसेर पार्क बन्द रहेको जानकारी गराएको छ। स्मरण रहोस्, कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रणमा ल्याउनको लागि राज्य सरकारले हिजो 3 जनवरीदेखि 15 दिनसम्मको निम्ति राज्यभरिमै आंशिक लकडाउन शुरू गर्नको साथै स्कुल, कलेज, शैक्षिक संस्थानहरू लगायत सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा 50 प्रतिशत कर्मचारीहरू आउन सक्ने, स्पा, सेलुन, ब्युटी पार्लर, चिडियाखाना, पार्कहरू बन्द गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *