थेलेसीमिया एवम् रक्तदान प्रति जागरूकता

विधाननगर : भारत संघका सदस्यहरूले थेलेसीमिया एवं रक्तदानप्रति जागरूकता फैलाउने उद्देश्य लिएर मोटर साइकल यात्रा गरेर बनगाउँदेखि जलपाईगढ़ीको टोटोपाड़ासम्मको यात्रा गरे। यसै क्रममा आज भारत संघका सदस्यहरू मोटर साइकलमा चढ़ेर जलपाईगढ़ी टोटोपाड़ाको बाटो हुँदै विधाननगर पुगे। त्यहाँ विधाननगर वेलफेयरको तर्फबाट सितम पाल र राजु दासले तिनीहरूलाई विधाननगरको बहुचर्चित फल अनारस दिएर तिनको उत्साह बढ़ाए। यसैगरी, विधाननगर पुलिसले पनि भारत संघका सदस्यहरूलाई तिनीहरूको असल कार्यको लागि उत्साह प्रदान गरे। यसको साथै विधान नगरमा भारत संघका सदस्यहरूले मानिसहरूलाई रक्तदान प्रति पनि प्रेरित गर्दै थेलेसीमिया प्रति जागरूक गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *