सिलगढी, 24 अक्टोबर (निसं): आरजी कर घटनाको विरोधमा साथै घटनाको सीबीआई जाँच चाँडो पूरा गरिनु पर्ने माग गर्दै द नाइट इज आवर्स समूहका सदस्यहरूले आगामी 26 अक्टोबर पदयात्रा निकाल्ने भएका छन्। आज संगठनका सदस्यहरूले एउटा पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिए। संस्थाका तर्फबाट रुखफा खातूनले भनिन्, यदि मानिसहरूलाई निष्पक्षताको आधारमा न्याय प्राप्त भयो भने बलात्कृत जस्ता घटनाहरूलाई रोक्न सकिन्छ। हाम्रो आन्दोलन धेरै समय बितिसक्दा पनि अभयाले उचित न्याय प्राप्त गर्न सकेकी छैनन्।
हामीले यस महिना 26 तारिख पदयात्राको आयोजना गरेका छौं। यो पदयात्रा सिलगढीको बाघाजतिन पार्कबाट सुरु हुनेछ। उक्त पदयात्रामा सिलगढी अनि संलग्न इलाकाका धेरै मानिसहरू सहभागी हुनेछन्।
North Bengal, Siliguri, Uncategorized
द नाइट इज आवर्स समूहले 26 अक्टोबर सिलगढीमा पदयात्रा निकाल्ने
24
Oct
Oct