टिबेटियन युथ कांग्रेसद्वारा मोटर साइकल र्‍यालीको आयोजना

गान्तोक : सिक्किमको राजधानी गान्तोकमा टिबेटियन युथ कांग्रेसद्वारा आयोजित मोटर साइकल र्‍यालीको आज लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हरियो झण्डा देखाएर विधिवत् रूपमा शुरूआत गरे। उक्त बाइक र्‍यालीमा विभिन्न ठाउँका तथा क्लबका सदस्यहरूले अंश ग्रहण गरेका थिए।


टिबेटियन युथ कांग्रेसको 50औँ स्थापना दिवसको अवसरमा उक्त र्‍यालीको आयोजना गरिएको बताइएको छ। यसको साथै भारत टिबेटको मैत्रिक सम्बन्धलाई भारत सरकारद्वारा कायम राखेकोमा टिबेटियन युथ कांग्रेसको तर्फबाट कृतज्ञता प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *