खरसाङ : मार्टियल आर्टस् अनि फिटनेस अकादमी खरसाङका नानीहरूले तिहार पर्व मनाए। यस अवधि नानीहरूले प्लाकार्डहरू लिएर तिहारमा पटेकाको प्रयोग नगरिदिने अपील गरेका छन्। मार्टियल आर्टस् खरसाङका नानीहरूले तिहारको अवसरमा मानिसहरूले पटेका पड़काए वातावरण प्रदुषण हुने र अहिलेको परिस्थितिमा कोभिड 19-को रोगीलाई पनि यसले धेरै प्रभावित बनाउन सक्छ, त्यसैले यसपालीको तिहारको अवसरमा पटेका नपड़काईदिने सन्देश समाजका मानिसहरूलाई नानीहरूले दिएका छन्।
यस अवसरमा मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीको सह निर्देशक कल्पना छेत्री, एमडी इसान्त गुरुङ र प्रमुख प्रशिक्षक सेनसुई राहुल विश्वकर्म पनि उपस्थित थिए।