तीनधारे क्षेत्रबाट 345 जना माध्यमिक परीक्षा दिने विद्यार्थीहरू

तीनधारे (निसं): माध्यमिक परीक्षाको हिलो दिन बिहीबार परीक्षा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो। यसपाली खरसाङ क्षेत्रमा जम्मा 1,010 जनाले पहिलो दिन माध्यमिक परीक्षा दिए। त्यसरी नै तीनधारे क्षेत्रमा जम्मा 356 जनाले माध्यमिक परीक्षा दिने भनिए तापनि हिज पहिलो दिन 11 जना विद्यार्थी अनुपस्थित रहेको जानकारी प्राप्त भएको छ। यसपाली तीनधारे क्षेत्रमा जम्मा 4 वटा माध्यमिक केन्द्रहरू क्रमैले तीनधारे हाई स्कूल (सेकेण्डेरी एडुकेशन), तीनधारे कन्या विद्यालय, मिठाईडाँड़ा रेणुका कन्या विद्यालय र सुकना हाई स्कूल रहेका छन्। यी चारवटा केन्द्रहरूमा 171 जना छात्र र 185 जना छात्रा गरेर जम्मा 356 जनाले परीक्षा दिने भनिए तापनि 11 जना अनुपस्थित रहेकोले पहिलो दिन जम्मा 345 जनाले माध्यमिक परीक्षा दिएको तीनधारे क्षेत्रका माध्यमिक परीक्षा सेन्टरको सचिव तथा शिक्षक देवेन्द्र लामाले जानकारी दिएका छन्। तीनधारे क्षेत्रमा पहिलो दिन परीक्षा शान्तिपूर्ण सम्पन्न भएपछि आज दोस्रो दिनको परीक्षा दिइरहेका छन्। परीक्षा केन्द्रमा पस्न अघि स्थानीय पुलिस प्रशासनद्वारा फूलहरू वितरण गरेर परीक्षार्थीहरूलाई शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş