तीनधारे गोलाई पाखास्थित रेलवे कारखाना क्षेत्रमा सर-सफाई

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतको तीनधारे क्षेत्रमा रहेका संसद 5 अनि 5-का भीएसटी, भीसीटीका सदस्याहरूको अगुवाईमा सर सफाई गरियो। हालमा पर्यटकहरूको लागि आकर्षकको केन्द्र बिन्दु बनेको तीनधारे गोलाई पाखास्थित रेलवे कारखानामुनि रहेको सडक परिसर सर सफाई गरियो। साप्ताहिक सर सफाई कार्यक्रम अनुसार मरेलिया र डेङ्गु संक्रमणबाट बाँच्नलाई सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। मलेरिया अनि डेङ्गुको प्रकोपबाट मुक्त राख्नु साथै स्वच्छ वातावरणको सृजना गर्न हेतु उक्त क्षेत्रमा सर-सफाई गरिएको बताइएको छ। विशेष गरेर तीनधारे मुख्य पर्यटन स्थल बनेको अनि गाउँवासीलाई पनि आफ्नो क्षेत्रलाई सफा राख्ने अनि मैला गर्न नदिने सुझाउ दिइयो। यस क्षेत्रलाई पर्यटकीय स्थान बनाउन थप यहाँ आई लभ तीनधारे लेख्नु पर्ने जीटीएलाई सुझाउ दिएको भीएसटी प्रतिमा लामाले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom giriş