तीनधारे महानदी समष्टिको सिमरिङमा जागरूकता कार्यक्रमको आयोजना

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिमरिङमा विभिन्न विषयहरूलाई लिएर जागरूकता कार्यक्रमको आयोजना गरियो। तीनधारे पुलिस आउट पोष्ट, सिमरिङ टाइम्स र सिमरिङको एसयुएफसी क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा मुख्य अतिथिको रूपमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहन कुमार प्रधान उपस्थित थिए। पञ्चायत सदस्य बिक्की पाख्रिनले सञ्चालन गरेको सचेतना कार्यक्रममा कार्यक्रममा स्थानीय मानिसहरूलाई विभिन्न विषयहरूमा सचेतन गराइयो। यसै क्रममा घरेलु ग्यास विषयमा गोपाल छेत्री, स्वास्थ्य विषयमा मालुटार उप स्वास्थ्य केन्द्रका सुपर भाईजर राजु सुब्बाबाल सुरक्षा र शिक्षा विषयमा आँगनबारी कर्मी छुनु लामा र शिवखोला ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या अनिरा वाईबा आदिले आ-आफ्नो वक्तव्य राखे।


यस सचेतना कार्यक्रममा मुख्य वक्ताको रूपमा तीनधारे पुलिस आउट पोष्टका बडाबाबु (ईन्चार्ज) बीरेन्द्र छेत्री उपस्थित थिए। तिनले आफ्नो सम्बोधनमा बाल श्रमिक, बाल विवाह, बाल सुरक्षा, ड्रग्स एडिक्शन, सोशल मिडियामा हुने धोखाधडी लगायत विभिन्न विषयहरूमा मानिसहरूलाई जागरूक गराए। कार्यक्रममा मुख्य अतिथि शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानले पनि वक्तव्य राखे। यस सचेतना कार्यक्रममा तीनधारे पुलिस आउट पोस्टका एएसआई जीवन राई, शिवखोला ग्राम पञ्चायतका उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री र पञ्चायत सदस्या मोनिका राई, ग्राम सुधार समिति सिमरिङका सभापति रञ्जन तामाङ लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibom