तीनधारेमा पादरी गङ्गाप्रसाद प्रधानको जन्मदिन पालन

खरसाङ (निसं) : तीनधारेमा पादरी गङ्गाप्रसाद प्रधानको 172 औं जन्म जयन्ती मित्र संघ तीनधारेको आयोजनामा यहाँको सामुदायिक भवनमा पालन गरियो। मित्र संघको सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान अध्यापिका मार्थारानी राई, विशिष्ट अतिथिको रुपमा नवनिर्वाचित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, अतिथिहरूमा साहित्य कला संस्थान तीनधारेको सभापति-सचिव, तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयको शिक्षिकाहरु, वरिष्ठ नागरिक कल्याण संगठनका पदाधिकारीहरू उपस्थित थिए। मित्र संघको सचिव ईशान्त विश्वकर्म एवं मित्र संघको उप सभापति प्रति प्रधानले सञ्चालन गरेको कार्यक्रममा पादरी गङ्गाप्रसाद प्रधानको जीवनीबारे बीरेन लामाले प्रस्तुत गरेका थिए। कार्यक्रममा वार्ताकारका रुपमा दिपक प्रधान अनि युवराज सुन्दास उपस्थित थिए।


कार्यक्रममा आफ्नो वार्ता प्रस्तुत गर्दै दिपक प्रधानले गङ्गाप्रसाद प्रधानको सङ्घर्षपूर्ण जीवनबारे प्रकाश पार्दै यस्ता विभूतिलाई भुल्न नहुने भनी बताए। त्यसरी नै अर्का वार्ताकार युवराज सुन्दासले पादरी गङ्गाप्रसाद प्रधानको पत्रकारितामाथि रहेको योगदानबारे बोल्दै तिनी नै गोर्खा समुदायमा प्रथम पत्रकारिताको शुरूवात गर्ने व्याक्ति हुन् भनी बताए। तिनले पादरी गङ्गाप्रसाद प्रधान नै गोर्खा/नेपाली पाठ्य पुस्तकको आदि, उनी नै आदि गोर्खे पादरी, उनी नै धर्म पुस्तक बाइबलको अनुवादक थिए भनी बताए। कार्यक्रममा एकल गीत सतीश राई र कालुराम खवासले प्रस्तुत गरेका थिए भने भूले गाउँ- तीनधारे चियाबारीका विद्यार्थी (तीनधारे उच्चतर कन्या माध्यमिक विद्यालय) दिव्यान्त विश्वकर्मले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा यसपालीको माध्यमिक, उच्च माध्यमिक साथै स्नातक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने नानीहरुलाई संवर्द्धना जनाइयो। कार्यक्रममा कविता तथा गीतहरू पनि वाचन गरियो। प्रमुख अतिथि मार्थारानी राई र एल्डर मसीह प्रकाश मोक्तानले पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELgrandpashabet giriş