तीनधारेमा रक्तदान शिविर

खरसाङ: साई समिति तीनधारेको आयोजनामा तीनधारेमा रक्तदान शिविर सम्पन्न भयो। तीनधारेको क्रिकेट बजारस्थित साई समिति भवनमा उत्तर बंगाल मेडिकल कलेजको ब्लड ब्याङ्कको पहलमा उक्त रक्तदान शिविरको गरिएको हो। सत्य साई बाबाको 96औँ जन्मदिनको अवसर पारेर तीनधारेमा सम्पन्न रक्तदान शिविरमा 20 जना पुरुषहरू र 17 जना महिलाहरू गरेर मोठ 37 जनाले रगत दान गरे। उक्त रक्तदान शिविरमा सहयोग गर्नेहरूप्रति आयोजक समितिले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *