तीनधारेमा टेबल टेनिस प्रतियोगिताको फाइनल खेल सम्पन्न

खरसाङ : तीनधारेको राजबारी जनसेवामा संघमा राजबारीका युवाहरूले आयोजना गरेको तीन दिवसीय टेबल टेनिस (टीटी) प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। फाइनल खेलमा सिङ्गल वर्गमा बिपन गुरुङ, डबलमा गुञ्जन प्रधान र सुमिरन बरदेवा, भेटरेनमा सुप्रिम छेत्री अनि नानीहरूको प्रतियोगितामा हेमन्त सुन्दास र इमानुएल राई विजय बनेका छन्। यस टेबल टेनिस प्रतियोगितामा सिङ्गल, डबल्स र बाल बालिकामाझ साथै प्रोत्साहनको लागि भेटरेनको खेल पनि आयोजना गरिएको थियो। यस अन्तर्गत डबल्सको विजेतालाई ट्रफी, मेडलसहित 2000 अनि उपविजेतालाई ट्रफी, मेडलसहित 1000 रुपियाँ नगद राशि प्रदान गरियो। यसैगरी अन्य विभिन्न वर्गको खेलमा विजयी बनेका खेलाडीहरूलाई  नगद राशि सहित पारितोषिक वितरण गरियो। यस प्रतियोगितामा बेस्ट प्लेयर अक्षय छेत्री अनि इमरजिङ खेलाड़ीको रूपमा स्रिजा प्रधानलाई चयन गरियो। यस खेलको आयोजकहरूमा प्रदयुद दर्नाल, सुमिरन बरदेवा, सुयेस शंकर, उर्गेन बम्जन, प्रज्ज्वल प्रधान र गुञ्जन प्रधान रहेका थिए। यस खेलको मुख्य उद्देश्य युवाहरूलाई खेलप्रति रुचि बढ़ाउन साथै शारीरिक रूपमा सशक्त राख्नलाई गरिएको आयोजक समितिका प्रदयुद दर्नालले जनाएका छन्। टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा अतिथिको रुपमा राजबारी जनसेवा संघको सचिव बिशाल प्रधान, शिक्षक टिकादत्त गिरी, गोपाल प्रधान, सुप्रेम छेत्री, दिपेन्द्र प्रधान लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet