खरसाङ : खरसाङको तीनधारेमा युवाहरूलाई लिएर पुस्तक पढ़ौं अभियान शुरु गरिएको छ। पुस्तक पढ़ौं र चर्चा गरौं नामक कार्यक्रम तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवनमा सम्पन्न भयो। तीनधारे क्षेत्रका युवाहरूलाई लिएर पुस्तक अध्ययन गर्ने र पुस्तक चर्चा गर्ने कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा कार्यक्रमको उद्देश्य विषयमा हनोक थापाले बताएका थिए भने पुस्तक किन पढ़नुपर्छ भन्ने विषयमा धुनीराज छेत्रीले बिस्तृत रूपमा जानकारी गराए। त्यसरी नै महेश छेत्रीले पुस्तक पढ्नु किन आवश्यकता छ र यसको महत्व विषयमा बताए। कार्यक्रममा युवाहरूलाई पुस्तक अध्ययन गर्नु पर्ने विषयमा जागरूक गराउन पुस्तक किनेर पढ़नु पर्ने कुरालाई पनि अघि बढ़ाउँदै पुस्तकहरू पनि बिक्रीमा राखिएको थियो। युवाहरूलाई पुस्तक अध्ययनतर्फ आकर्षक गर्नलाई आधा दाममा पुस्तक बिक्री गरिएको तथा रुचि राख्नेहरूलाई पनि पुस्तक प्रदान गरेर पढ़ेर फर्काइदिने पनि व्यवस्था गरिएको थियो । कार्यक्रममा मिलन प्रधान, अल्का तामाङ, प्रयास प्रधान, उज्जवल सेवा आदिले कविता, गीत र हाइकु पठन गरे। कार्यक्रममा मिलन प्रधान, दिपक प्रधान, विराज छेत्री, शिबम प्रधान आदिले पनि पुस्तक अध्ययन विषयमा वक्तव्य राखे। कार्यक्रमपछि यस विषयमा आयोजक समितिको तर्फबाट धुनीराज छेत्री र महेश छेत्रीले कार्यक्रम विषयमा विस्तृत रूपमा बताएका छन्।