खरसाङ : तीनधारे ठेकेदार कल्याण संगठनको सभा यहाँको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा ठेकेदार सुरेन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा सबै सदस्यहरूलाई स्वागत जनाउँदै सभाको मसौदामाथि चर्चा परिचर्चा गर्ने प्रस्ताव पारित गरियो। ठेकेदार संगठनको कमिटीको समयसीमा सकिएकोले नयाँ कमिटी गठन गरियो । उक्त नयाँ कमिटीमा सभापति सुमन लोहार, उप सभापति रोशन लामा र धिरेन प्रधान, सचिव सुमेन्द्र राई, सह सचिव अनिल राई र नवराज छेत्री, कोषाध्यक्ष सबिन प्रधान, प्रमुख संरक्षक नारायण गिरी, सुरेन प्रधान र बबी प्रधान,प्रमुख सल्लाहकारमा रेन्जेन मोक्तान, सुसन थापा, सुरज नेवार, हरि शर्मा, साजन दर्जी, योगराज प्रधान, प्रणय गुरूङ, रुपेन प्रधान,दिपराज प्रधान, देवराज प्रधान र गोपाल लामा आदि चयन भएका छन्। सभामा आगामी 5 अगस्तको दिन रूखका विरूवाहरू रोपिने कार्यक्रममा एनएच-का विभागीय अधिकारीहरूलाई पनि निमन्त्रणा दिने प्रस्ताव पारित गरिएको छ।
