तीनधारेवासीले दिए दिलिप कुमारलाई श्रद्धाञ्जलि

खरसाङ : बलिवुडका प्रसिद्ध नायक दिलिप कुमारको निधनमा तिनलाई खरसाङ तीनधारेवासीले पनि सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरे। दिलिप कुमार र तीनधारेको एउटा गाढा सम्बन्ध जोड़िएको छ किनभने तीनधारेको रेलवे कारखानामा दिलिप कुमारको प्रसिद्ध फिल्म सगिना मोहतोको छायाँकन गरिएको थियो। उक्त फिल्मको शुटिङको लागि दिलिप कुमार तीनधारे- घैयाबारी क्षेत्रमा आएका थिए। हिज बुधबार बिहान 7.30 बजेतिर मुम्बईमा 98 वर्षको उमेरमा बलिवुडका ट्राजिडी किङ दिलिप कुमारको निधन भएपछि तीनधारेवासीले सामाजिक सञ्जालमार्फत् धेरैले श्रध्दाञ्जली अर्पण गरेका छन्। तीनधारेको रेलवे कारखाना परिसरको पछाड़ीपट्टि सगिना मोहतो फिल्मको सुटिङ गरिएको थियो सन् 1970 सालतिर। फिल्मको सुटिङ अवधि दिलिप कुमार घैयाबारीको चार्ली साहबको कोठी (बाहुन ढोके) मा बस्ने गरेको स्थानीयहरूले बताएका छन्। दिलिप कुमारको निधनमा धेरैले शोक समवेदना प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्। यस अवसरमा तीनधारेस्थित डीएचआरको कारखाना पछाड़ीपट्टि सगिना महतो फिल्मको फाइट सिन छायाँकन गरिएको रेलवे कर्मचारी किसान लिम्बुले बताएका छन्। तिनले कारखानाको पछाड़ीपट्टि शुटिङ गरिएको स्थल देखाउँदै उक्त सुटिङको समय आफु प्राथमिक पाठशालामा अध्ययनरत रहेको र पछिबाट फिल्म धेरैपल्ट हेरेको बताएका छन्। तिनले दिलिप कुमार ठूलो कलाकार रहेको र तिनको निधनमा हामी तीनधारेवासी पनि दु:खित बनेको र हार्दिक श्रध्दाञ्जली अर्पण गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *