खरसाङ : खरसाङ क्षेत्रबाट 2011 मा शुरु भएको सेकाईना ग्लोरी मिनिष्ट्रीको दसौँ स्थापना दिवस पालन गरियो। प्रचारक म्याक्स दानियल लामाले खरसाङबाट सेवाकाई 2011 मा शुरु गरेर सेकाईना ग्लोरी मिनिष्ट्रीको दसौँ स्थापना दिवस माल बजारको नम्टी आईपीसी चर्चमा पालन गरियो। यस अवसरमा पुराना संस्थापक सदस्य-सदस्याहरू पनि खरसाङ, सिलगढी, तीनधारे, सिटोङ क्षेत्रबाट उपस्थित थिए। कार्यक्रममा सेकाईना ग्लोरी मिनिष्ट्रीको संस्थापक प्रचारक म्याक्स दानियल लामाले आफ्नो सेवाकाईको विषयमा बताए। यसको साथै डुवर्सको मालबजार अन्तर्गत नम्टी आईपीसी चर्चमा गत सेप्टेम्बरदेखि शुरू गरिएको तीन महिने सुपर न्याचरल बाईबल स्कूलको दिक्षान्त समारोह पनि सम्पन्न गरियो।

उक्त बाइबल ट्रेनिङमा मोठ 30 जना विद्यार्थीहरू कालेबुङ, सिलगढी र डुवर्सका विभिन्न क्षेत्रहरूबाट आएर तालिम लिएका थिए। दीक्षान्त समारोहमा विद्यार्थीहरूले नृत्य, सोलो गीत र सामुहिक गीतहरू प्रस्तुत गरे भने प्रमुख वक्ताको रुपमा रेभरेन्ट जेसन पी जोसेफले आफ्नो जीवनको गवाहीसहित बाइबलबाट शिक्षाप्रद वचन सुनाए।तिनले विद्यार्थीहरूलाई बाइबल पढ़न र प्रार्थना गर्नपट्टि विशेष ध्यान दिनु पर्ने बताए। समारोहमा सेकाईना ग्लोरी मिनिष्ट्रीका संस्थापक प्रचारक म्याक्स दानियल लामा र रेभरेन्ट जेशन पी जोसेफको बाहुलीबाट बाईबल तालिम गर्ने विद्यार्थीहरूलाई प्रमाण पत्रहरू पनि वितरण गरियो।
