मिरिक: तृणमूल कङ्ग्रेस मिरिकले आज पार्टीको भ्रातृ संगठनहरुलाई लिएर मिरिक खण्ड विकास कार्यालयमा गएर खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन पत्र सुम्पियो। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री र युवा अध्यक्ष सोभन घिसिङको नेतृत्वमा गएको टोलीले विभिन्न योजनाहरू लागु गर्नु पर्ने विषयमा उल्लेख गरेको ज्ञापन पत्र दिएको पार्टी सूत्रले बताएको छ। यस अघि तृणमूल कङ्ग्रेसका समर्थकहरूले मिरिक बीडीओ कार्यालय अघिल्तिर विभिन्न नाराबाजी पनि गरे।
