सिलगढी : टोटो चोरी गरेको आरोपमा एनजेपी थाना पुलिसले 3 जना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी लगायत यसको संलग्न इलाकाबाट टोटो चोरी भइरहेको छ। टोटो चालकहरूलाई नशालु पदार्थ खुवाएर चोरी गर्ने गरेको साथै अन्धकारको फाइदा उठाएर इलाकाबाट टोटोहरू चोरी हुने गरेकोबारे टोटो मालिकहरूले पुलिस थानामा अभियोग दर्ता गरेको थिए। गत 23 फरवरी राति एनजेपीको बाँसबारी इलाका निवासी मोहम्मद राजुको घर अघिबाट टोटो चोरी भएपछि तिनले एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो 3 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।