अलीपुरद्वार, 29 मार्च (निसं): वन विभागले अलीपुरद्वार जिल्लाको टोटोपाडा क्षेत्रमा एउटा विशाल किंग कोब्रा उद्धार गरेको छ। जानकारी अनुसार, टोटोपाड़ा क्षेत्रमा रहेको एउटा घरमा विशाल किंग कोब्रा देखियो। त्यसपछि यो घटनाको सूचना वन विभागको लङ्कापाडा रेञ्जलाई दिइयो। खबर पाउन साथ वनकर्मीहरू तत्कालै घटनास्थलमा पुगेर लगभग 14 फिट लामो किङ्ग कोब्रा उद्धार गरेको छ। उक्त किङ्ग कोब्रालाई त्यहाँबाट लगेर जलदापाडा जङ्गलमा छोडिएको वन विभाग सूत्रले जनाएको छ। यस घटनापछि स्थानीय वासिन्दाहरूमा डरको माहौल देखा परेको छ।