टोय ट्रेनको धक्काले सिलगढीको डागापुरमा बाइक सवार व्यक्तिको मृत्यु

सिलगढी: दार्जिलिङको टोय ट्रेनले सिलगढीको डागापुर ज्ञान ज्योति मोडमा आज एकजना बाइकमा सवार व्यक्तिलाई धक्का दिँदा तिनको घटनास्थलमै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मृतक व्यक्ति 45 वर्षीय बब्लु शाहाको रूपमा चिन्हित गरिएको छ भने तिनी सिलगढीको बाघाजतिन पार्क, प्रधान नगर निवासी रहेको बताइएको छ। मृतक बब्लु साहा रिलायन्स जियो मार्टमा डेलिवरी ब्वायको रूपमा कार्य गर्दथे। दुर्घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै मृतकलाई पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। अर्कोतिर, उक्त दुर्घटना स्थलको रेलवे क्रसिङमा कुनै गेट नलगाइएकोले गर्दा नै यस प्रकारको घटना भएको साथै भविष्यमा अझ यस्ता अप्रिय घटना हुन सक्ने सम्भावना रहेकोले सम्बन्धित रेलवे विभागले यसबारे पहल गरिनु पर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *