खरसाङ (निसं) : खरसाङको तीनधारे 20 माइलमा ट्रेनले काटिएर एकजनाको मृत्यु भएको छ। दार्जिलिङदेखि एनजेपी गइरहेको टोय ट्रेनको चपेटमा परेर आज दिउँसो लगभग 1.30 बजे तीनधारे 20 माइलमा एकजना वृध्दले ज्यान गुमाएको छ। तीनधारे पुलिस आउट पोष्टको ओसी जीवन राईले जानकारी दिए अनुसार आज दिउँसो 1.30 बजे दार्जिलिङबाट एनजेपीतर्फ गइरहेको ट्रेनको चपेटमा परेर तीनधारे चियाबारीको कोल्टे निवासी 70 वर्षीय खड्काबहादुर तामाङको घटनास्थलमैं मृत्यु भएको छ।
पुलिस ओसी जीवन राईले मृतकको शवलाई उत्तर बंगाल मेडिकल कलेजमा पोष्टमर्टम गरेपछि तिनको परिवारलाई सुम्पने बताएका छन्। घटना क्रम अनुसार तीनधारेको 20 माइल क्षेत्रमा 70 वर्षीय खड्काबहादुर तामाङले रेलवे लीग क्रस गर्ने क्रममा उक्त घटना घटेको स्थानीयहरूले बताएका छन्। दार्जिलिङबाट एनजेपी गाइरहेको ट्रोय ट्रेनमा मोठ 13 जना पेसेञ्जर रहेको सिनियर पेसेञ्जेर ट्रेन म्यानेजर बृजेन सुत्रधरले बताएका छन्।