ट्र्याक्टर सहित चालक पक्राउ

फाँसीदेवा : फाँसीदेवा थाना पुलिसले बलुवा तस्करी गर्न अगावै ट्र्याक्टर सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक फाँसीदेवाको तारबान्दा इलाका निवासी 22 वर्षीय अकबर अलीको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना पुलिसले रूईधासा इलाकामा अभियान चलाएर बलुवा बोकेको एउटा ट्र्याक्टर रोकेर बलुवाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *