ट्र्याक्टरबाट ब्याट्री चोरी गरिरहेको समय रंगे हात पक्राउ पर्‍यो चोर

खोरीबारी : रातिको अँध्यारोमा ट्र्याक्टरबाट लगातार ब्याट्री चोरी भइरहेको थियो। गत अबेर राति पनि ट्र्याक्टरबाट ब्याट्री चोरी गरिरहेको देखेपछि स्थानीय मानिसहरूले चोरलाई रंगे हात पक्राउ गरेको छ। उक्त घटना खोरीबारीको चयनसिंह जोतको हो। उक्त घटनापछि स्थानीय मानिसहरूले चोरलाई बाँधेर सामूहिक कुटपीट गरे भने आज बिहान खोरीबारी पुलिस घटनास्थलमा पुगेर चोर पक्राउ गरेर थानामा लगे। स्थानीय पञ्चायत सदस्यले बताएअनुसार गत अबेर राति लगभग 2 बजी ट्र्याक्टरबाट ब्याट्री चोरी गरिरहेको समय स्थानीय मानिसहरूले चोरलाई पक्राउ गरेको हो। यसपछि घटनाबारे खोरीबारी पुलिसलाई खबर दिएपछि पुलिसले चोरलाई पक्राउ गरेर थानामा लग्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet