सिलगढी: ट्रेनको चपेटमा परेर आज एकजना व्यक्तिको मृत्यु भएको छ। यो घटना सिलगढीको झंकारमोड फ्लाइओभर पुलको तल रेलवे ट्र्याकमा भएको हो। मृतकको नाम राजु बताइएको छ। उनी 4 नम्बर वार्ड अन्तर्गत आदर्शनगर कोलोनीको निवासी थिए। जानकारी पाएपछि मृतककी पत्नी र वार्डका पार्षद विवेक सिंह घटनास्थलमा आइपुगे। अर्कोतर्फ, खबर पाउनसाथ खालपाडा पुलिस र जंक्शन टाउन जीआरपीको टोली पनि घटनास्थलमा आइपुगे र शवलाई उद्धार गर्योन। भोली पोस्टमार्टमको लागि शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइने भएको छ। यो घटनामा कुनै प्रत्यक्षदर्शी नभएकाले मृतक व्यक्ति ट्रेनको चपेटमा कसरी आयो भन्ने कुरा अझ स्पष्ट हुन सकेको छैन। हाल जीआरपीको टोलीले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।