सिलगढी, 15 नोभेम्बर (निसं): ट्रेनको चपेटमा परेर आफ्नो दुवै खुट्टा गुमाएका युवकको मृत्यु भएको छ। मृतक युवकको नाम चन्द्र भूषण कुमार साहू (21) हो। उनी वार्ड नम्बर 1-को दक्षिण अम्बेडकर कोलोनी निवासी थिए। प्राप्त जानकारी अनुसार, बिहीबार महावीरस्थान हकर्स कर्नरमा ट्रेनको चपेटमा परेर युवक सिकिस्त घाइते भएका थिए, जसको कारण उनको दुवै खुट्टा कटियो। यसपछि घटनास्थलबाट तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। तर उपचाराधिन अवस्थामा गत राति उक्त युवकको मृत्यु भएको छ। घटनापछि शुक्रबार मृतक युवकको परिवारका सदस्यहरू सिलगढी जिल्ला अस्पतालमा आइपुगे। मृतकका परिवारका सदस्यहरूले बताए अनुसार चन्द्र भूषण झंकार मोडस्थित एउटा होटलमा काम गर्दथे।
घटनाक्रम अनुसार, बिहीबार उनी मालिकसँग बजार जानका लागि महावीरस्थान गएका थिए। त्यहाँबाट फर्किँदा उनी ट्रेनको चपेटामा परे, जसको कारण उनका दुवै खुट्टा कटिए। राति उपचारको क्रममा चन्द्र भूषणको अस्पतालमा मृत्यु भएको हो। घटनापछि परिवारमा शोकको माहोल छ। पुलिसले उक्त घटनाको छानबिन शुरू गरेको छ।
North Bengal, Siliguri, Uncategorized
ट्रेनको चपेटमा परेर दुवै खुट्टा गुमाएका युवकको मृत्यु
15
Nov
Nov