ट्रेनको चपेटमा परेर अज्ञात व्यक्तिको मृत्यु

खोरीबारी, 4 जनवरी (निसं): ट्रेनको चपेटामा परेर एकजना अज्ञात व्यक्तिको मृत्यु भएको छ। यो घटना खोरीबारीको बतासी रेलवे स्टेशन संलग्न इलाकामा घटेको हो। स्थानीय वासिन्दा अनुसार, चिसोको कारण उक्त व्यक्ति ट्रेनको रेल्वे ट्रयाकमा बसेको थियो। त्यही क्रममा सिलगढीबाट कटिहार जाँदै गरेको ट्रेनको इन्जिनको चपेटामा परेर उक्त व्यक्तिको मृत्यु भएको हो। सूचना प्राप्त भएपछि रेलवे पुलिस र खोरीबारी थानाका पुलिस घटनास्थलमा पुगे। पछि शवलाई पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। रेलवे पुलिसले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *