तृणमूल छात्र परिषदको स्थापना दिवसको समावेशमा सामेल हुन कार्यकर्ता-समर्थकहरू कोलकाता प्रस्थान

सिलगढी : भोलि 28 अगस्त तृणमूल छात्र परिषदको स्थापना दिवस हो। स्थापना दिवसको अवसरमा कोलकातामा आयोजना गरिने समावेशमा सामेल हुनको लागि आज तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू कोलकाता प्रस्थान गरे। सिलगढी टाउन ब्लक 3 आईएनटीटीयुसी एनजेपी शाखाको तर्फबाट समावेशमा सामेल हुन जानेहरूको लागि सहायता केन्द्र तथा टिफिनको व्यवस्था गरेको छ। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष, तृणमूल छात्र परिषदका दार्जिलिङ जिल्ला अध्यक्ष तनय तालुकदार, आईएनटीटीयुसी अध्यक्ष सुजय सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव मदन भट्टाचार्य, महिला तृणमूल कङ्ग्रेसकी सभानेत्री मिल्ली सिन्हा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *