तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाइदिएको भाजपाविरुद्ध आरोप

राजगञ्ज: राजगञ्जको टाकीमारीमा तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा आगलागी भएको घटना प्रकाशमा आएको छ। सत्ताधारी तृणमूल पार्टीले भाजपाविरुद्ध आरोप लगाएको छ। तथापि, भाजपाले उक्त आरोप झुटो रहेको दावी गरेको छ। मन्तादारी ग्राम पञ्चायतको टाकीमारी बजारमा तृणमूल कङ्ग्रेसको एउटा स्थायी पार्टी कार्यालय छ। उक्त पार्टी कार्यालयमा आगो लाग्दा त्यहाँ रहेको पार्टीको झण्डा, ब्यानर, कागजपत्र लगायत केही फर्निचरहरूले जलेको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना र मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। आशुतोष राय नाम गरेको एकजना तृणमूल समर्थकले बताएअनुसार पार्टी कार्यालय मेरो घर नजिकै छ। आज बिहान उठेपछि जलेको गन्ध आएपछि गएर हेर्दा पार्टी अफिसभित्र आगो लागेको देखे। यसपछि घटनाबारे पार्टी नेतृत्वहरूलाई खबर दिएपछि तिनीहरू तत्कालै घटनास्थलमा आइपुगे। विपक्षीहरूले नै यस प्रकारको कार्य गरेको तिनीहरूले आरोप लगाए। स्थानीय तृणमूल नेता हरिपद रायले पनि विपक्षी पार्टीले यस प्रकारको कार्य गरेको आरोप लगाउँदै भने, भाजपाले इलाकामा अशान्ति फैलाउने उद्देश्य लिएर पार्टी कार्यालयमा आगो लगाइदिएको हो। पार्टीका नेतृत्वहरूसित चर्चा गरेर यसबारे प्रशासनिक कदम उठाइनेछ। यस सम्बन्धमा भाजपाको राजगञ्ज ब्लकका अध्यक्ष निताई मण्डलले भने, टाकीमारीमा तृणमूलको पार्टी कार्यालयमा आगो लागेको घटनामा भाजपा संलग्न छैन।  सत्ताधारी पार्टीले भाजपा कार्यकर्ताहरूलाई फँसाउने षड्यन्त्र गरिरहेको छ। यसबाहेक राजगञ्ज ब्लकको विभिन्न ठाउँहरूमा भाजपा कार्यकर्ता तथा समर्थकहरूमाथि तृणमूल कङ्ग्रेसले अत्याचार गरिरहेको छ। यसैले इलाकामा शान्ति व्यवस्था कायम राख्ने उद्देश्य लिएर केन्द्रीय बल तैनाथ गरिएको छ। अर्कोतिर, राजगञ्जका विधायक खगेश्वर राय पनि घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/