तृणमूल कांग्रेस युवा एकाईले खरसाङमा सङ्गठनलाई दह्रिलो बनाएर लैजाने

खरसाङ : तृणमूल कांग्रेसको युवा एकाईले खरसाङ क्षेत्रमा सङ्गठनलाई दह्रिलो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। सङ्गठनको पक्षबाट आज खरसाङ महकुमा समितिले यहाँको एउटा होटेलमा प्रेस भेला गरेर यस कुरोको जानकारी दिएको छ। सङ्गठनको पक्षबाट खरसाङ महकुमा समिति सभापति विशाल गोले तामाङ अनि महासचिव उज्ज्वल छेत्रीले यस कुरोको जानकारी गराउँदै खरसाङ महकुमा समिति गठन गरिएदेखि यता तराईको गाडीधुरा, दुधे, लङ्भ्यू, मरियनबारी, सुकुना लगायत खरसाङ शहरी क्षेत्रमा युवा सङ्गठन गठन गर्ने कार्य गरिएको बताए। तिनीहरूले सङ्गठनको मुख्य उद्देश्यनै तृणमूल कांग्रेस पार्टीमा युवाहरूलाई कसरी सहभागी र सङ्गठित गर्नु तथा टीएमसीको झण्डालाई कसरी उच्च राख्नु भन्ने रहेको जनाए। यस प्रेस भेलामा सङ्गठनको लङ्भ्यू, दुधे, गाडीधुरा आदि क्षेत्रका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet