तृणमूलका अनुब्रत मण्डल पक्रा परेकोमा डीवाईएफआई-द्वारा खुसी व्यक्त

सिलगढी : सीबीआईको विशेष न्यायालयले गाई-गोरू तस्करी मामिलामा तृणमूल कङ्ग्रेसका नेता अनुब्रत मण्डललाई पक्राउ गरेपछि खुसी मनाउँदै आज डीवाईएफआई-को सिलगढी दक्षिण पूर्व लोकल कमिटी-का सदस्यहरूले सिलगढीमा बाजागाजाको साथमा एउटा र्‍याली निकालेर साधारण मानिसहरूलाई गुड, फुल मिठाई तथा बतासा वितरण गरे। संगठनका सदस्यहरूले आज सुभाषपल्ली बजार संलग्न इलाकाबाट एउटा र्‍याली निकालेर सडकमा आवत-जावत गर्ने मानिसहरूलाई गुड, बतासा वितरण गरे। यस विषयमा डीवाईएफआई-को सिलगढी दक्षिण पूर्व लोकल कमिटीका सचिव शुभ्रदेव भट्टाचार्यले भने, साधारण मानिसहरूको रुपियाँ लुटेका तृणमूलका केही नेता तथा मन्त्रीहरू हाल जेलमा छन्। यसैले आज आफूहरूद्वारा खुसी व्यक्त गर्दै साधारण मानिसहरूलाई गुड, बतासा वितरण गरेको हो। आफूहरूको उक्त आन्दोलन लगातार जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *