मिरिक: सौरेनी ग्राम पञ्चायत 2 बुथ कमिटी तृणमूल कङ्ग्रेस पार्टीको एउटा सभा तृणमूल कह्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीको अध्यक्षतामा मन्जुश्री पार्कमा सम्पन्न भयो। सभामा साङ्गठनिक गतिविधिबारे व्यापक चर्चा-परिचर्चा गरेपछि पार्टीको सौरेनी ग्राम पञ्चायत 2 बुथ कमिटी गठन गरियो। उक्त कमिटीमा अध्यक्ष प्रितम सुब्बा, उपाध्यक्षहरू प्रजित सुब्बा, सुकराज तामाङ,सचिव रविन तामाङ, सह सचिवहरू दिपक सुब्बा, शैलेस आले, कोषाध्यक्ष मंगेस छेत्री, सह कोषाध्यक्ष विवेक शर्मा, प्रचार सचिव नृपेन भारतीलाई चयन गरिएको छ। यसरी नै कमिटीमा पुण्य राई, भास्कर शर्मा, दिपेन तामाङ , सरोज छेत्री आदिलाई प्रमुख सल्लाहकारका रूपमा चयन गरिएको छ। नव गठित कमिटीले पार्टीलाई क्षेत्रमा दह्रिलो बनाएर जनताको हितमा कार्य गर्ने प्रतिबद्धता प्रकट गरेको छ। सभामा महकुमा अध्यक्ष अनिल छेत्रीले साङ्गठनिक एकतामाथि जोर दिँदै राज्य सरकारले गरिरहेको विविध विकासमूलक कार्यहरू बारे विस्तृत रूपमा जानकारी गराए।
