सिलगढी (निसं): हिन्दुहरूको महान चाँड दुर्गा पुजालाई यूनेस्कोले विश्व धरोहरको रूपमा मान्यता दिएको छ। उक्त दिन मनाउन आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट एउटा रङ्गारङ्ग शोभयात्रा निकालिइयो। सिलगढीको बाघाजतिन पार्कबाट 50 ढोल, उल्लु ध्वनी अनि शंखको आवाजसँगै निकालिएको उक्त रंगारंग शोभायात्राले विभिन्न पथहरू हुँदै सहरको परिक्रमा गऱ्यो। यसको साथै टेबलो-को माध्यम महालयदेखि विसर्जनको तस्वरी पनि उजागार गरिएको थियो।

यस अवधि शहरका विभिन्न पुजा कमिटीका सदस्य तथा स्वयंसेवी संस्थाका सदस्यहरू उपस्थित थिए। यसको साथै शोभायात्रामा सिलगढी मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेस सभानेत्री पापिया घोष, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष लगायत जिल्ला स्तऱीय नेतृत्वगण तथा जनप्रतिनिधि सामेल थिए। यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेसका सभानेत्री पापिया घोषले भनिन्, दुर्गा पुजा हाम्रो गौरव हो। यूनेस्कोको विश्व धरोहरको रूपमा मान्यता पाएपछि हामीले यस दिनलाई एउटा विशेष तरिकाले मनाइरहेको छौ।
