तृणमूल नेता गौतम गोस्वामीलाई जलपाईगढी कोर्टमा पेश

जलपाईगढी (निसं): जमिनसित सम्बन्धित एउटा मामिलामा तृणमूल काङ्ग्रेसका नेता गौतम गोस्वामीलाई पक्राउ गरेको छ। आरोपीलाई आज जलपाईगढी कोर्टमा पेश गरिने भएको छ। यसको लागि गौतम गोस्वामीलाई जलपाईगढी कोर्टमा ल्याइपुऱ्याएको छ। प्राप्त जानकारी अनुसार अपरान्ह 3 बजेसम्म पुलिसले तिनलाई कोर्टमा पेश गरेर रिमान्डको लागि मांग गर्ने भएको छ।


स्मरण रहोस, सिलगढी मेट्रोपलिटन पुलिसले एसजेडीए सदस्य तथा तृणमूलको डाबग्राम-फुलबारी ब्लकका उपाध्यक्ष गौतम गोस्वामीलाई शुक्रबार दिल्लीबाट पक्राउ गरेपछि विमान मार्फत सिलगढी ल्याइ पुऱ्याएको थियो। यसपछि तिनलाई वाहनमा हालेर पुलिसले मतिगढा थानामा लगेको थियो।   

यसभन्दा अघि एउटा महिलाले पुलिस थानामा अभियोग दर्ता गरेको आधारमा तृणमूलको डाबग्राम-फूलबारी ब्लक अध्यक्ष देवाशीष प्रमाणिकलाई पक्राउ गरेको थियो। यसपछि तिनलाई पार्टीबाट निष्कासित गरिदिएको थियो। त्यही मामिलामा गौतम गोस्वामीलाई पनि पुलिसले पक्राउ गरेको हो।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom