बन्दापानी: तृणमूल काङ्ग्रेस मदारीहाट ब्लक सभापति तथा समाजसेवी सञ्जय लामाले गत 9 वर्ष अघिदेखि बन्द रहेको बन्दापानी चियाबारीको दुई वटा दुर्गा पुजा कमिटी बासालाइन दुर्गा पुजा कमिटी र नेपाली लाइन दुर्गा पुजा कमिटीलाई दुर्गा माताको मूर्ति साथै पुजा सामग्री किन्न 40 हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरे।
बन्द अवस्थामा रहेको बन्दापानी चियाबारीमा पनि दुर्गा पुजा पालन गर्न सकियोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गरेको ब्लक सभापति सञ्जय लामाले बताए। राज्य सरकारबाट प्रत्येक दुर्गा पुजा कमिटीलाई 50 हजार रूपियाँ दिए तापनि बन्द रहेको बन्दापानी चियाबारी क्षेत्रमा पुजा गर्न कुनै असुविधा नहोस् भनी आर्थिक सहयोग प्रदान गरेको तिनले बताए।