तृणमूल प्रार्थी जगदीश चन्द्र बर्मा बसुनियाले कुचबिहारको मदनमोहन मन्दिरमा पूजा गर्नको साथै चुनाउ अभियान शुरू 

कुचबिहार (निसं): कुचबिहार लोकसभा क्षेत्रबाट तृणमूल काङ्ग्रेसको उम्मेदवार जगदीश चन्द्र बर्मा बसुनियाले आज बिहान कुचबिहारको मदनमोहन मन्दिरमा पुगेर पूजा अर्चना गरेपछि चुनाउ प्रचार अभियान पनि शुरूवात गरे। तृणमूल उम्मेदवारको रूपमा घोषणा भएपछि बुधवार जगदीश चन्द्र बर्मा बसुनिया कुचबिहार आइपुगे। यसपछि तिनी यहाँको मदनमोहन मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यस अवसरमा तिनीसित कुचबिहार जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिक, तृणमूलको राज्य उपाध्यक्ष रवीन्द्रनाथ घोष लगायत जिल्ला स्तरीय अन्य नेताहरू पनि उपस्थित थिए।  


अर्कोतिर, पत्रकारहरूसित कुराकानी गर्दै उम्मेदवार जगदीश चन्द्र बर्मा बसुनियाले भने, गत पाँच वर्ष जिताउने कुचबिहारका मानिसहरूलाई भाजपाले केवल झुटो वाचा मात्र गऱ्यो।बंगालको जनता अनि कुचबिहारको जनताले अब भाजपाको नियत बुझिसकेको छ। अब जनताले 2024 को लोकसभा चुनाउमा  यसको जवाब दिनेछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/