खोरीबारी : आगामी 17 अप्रेलको दिन हुने विधानसभा चुनाउलाई केन्द्र गरेर सबै राजनैतिक पार्टीका कार्यकर्ताहरूले जोड़तोड़ले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा आज फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेस प्रार्थी छोटन किस्कूको समर्थनमा फाँसीदेवा ग्राम पञ्चायत क्षेत्रमा डीजेको साथमा एउटा बाइक र्यालीको आयोजना गरियो। उक्त र्याली अवधि प्रार्थी छोटन किस्कू मन्दिरमा पुजा अर्चना गरे। बाइक र्यालीमा प्रार्थी छोटन किस्कू लगायत राज्यसभा सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्री, तृणमूल कङ्ग्रेस प्रखण्ड अध्यक्ष एनुल हक, युवा प्रखण्ड अध्यक्ष मोहम्मद अख्तर अली, ट्रेड युनियनका आलोक चक्रवती एवम् पार्टीका अन्य कार्यकर्ताहरू सामेल थिए। बाइक र्यालीको माध्यमद्वारा प्रार्थी छोटन किस्कूको समर्थनमा चुनाउ प्रचार गर्दै तिनको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरियो।
