खरसाङ: हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले चुनाउ प्रचारको तेस्रो दिन आफ्नो चुनावी क्षेत्रको भ्रमण गरिरहेका छन्। यसको साथै तिनले आफ्नो समष्टिमा पर्ने विभिन्न गाउँ समाजमा गएर चुनावी सभाहरूलाई सम्बोधन गर्दै धोतरिया निज गाउँ, 16 ऐकर गुम्बा गाउँका विभिन्न संघ-संस्था तथा जन साधारणहरूसित अन्तर्क्रियात्मक कार्यक्रम अनि समस्याबारे विचार आदान-प्रदान गर्दै आइरहेका छन्। अन्तरक्रियाको क्रममा सम्पूर्ण जन साधारणले आगामी 26 जूनको दिन हुने जीटीए चुनाउमा एनबी खवासलाई जोडी फूलको चिन्हमा भोट हालेर विपुल मतले विजय दिलाउने वचन जनताले दिएको दाबी गरिएको छ।